चाडपर्वमा सार्वजनिक यातायातमा बढी भाडा लिए वा कालोबजारी गरे कडा कारबाही हुने

cp new add
Nisharg hospital

काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा सार्वजनिक यातायातमा हुने अनियमिततालाई नियन्त्रण गर्न सरकारले कडाइ गर्ने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै स्वीकृत भाडादरभन्दा बढी भाडा असुल्ने र टिकटको कालोबजारी गर्नेलाई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ।

Nast Ad

विभागले जारी गरेको सूचनामा चाडपर्वका बेला सार्वजनिक यातायातलाई सहजीकरण गर्न सरोकारवालाहरूसँगको सहभागितामा विभिन्न निर्णय भएको सर्वविदितै भए पनि पूर्ववत् निर्णय, स्वीकृत भाडादर र प्रचलित कानुनको प्रतिकूल हुने गरी बढी भाडा लिने, टिकटको कालोबजारी गर्ने तथा टिकट बिक्री वितरणमा असहजता सिर्जना गर्ने जस्ता गुनासो यात्रु तथा नागरिकस्तरमा बढेको उल्लेख गरेको छ।

यी समस्याहरूलाई सम्बोधन गर्न विभागले सम्पूर्ण सरोकारवालाहरूलाई प्रचलित कानुन, स्वीकृत भाडादर तथा निर्णयबमोजिम मात्र टिकट काट्न, कटाउन र अनलाइन सम्बन्धी सेवालाई व्यवस्थित गर्न अनुरोध गरेको छ।

सूचनामा भनिएको छ,”अत्यावश्यक सार्वजनिक सेवालाई व्यवस्थित गर्ने सम्बन्धी प्रचलित कानुन, नेपाल सरकारद्वारा स्वीकृत भाडादर एवं चाडपर्वलक्षित सार्वजनिक यातायातलाई सहजीकरण गर्ने सम्बन्धी यस पूर्वका निर्णय विपरीत भाडा असुल गर्ने तथा टिकट कालोबजारी गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

विभागले यातायात सेवालाई व्यवस्थित बनाउन र यात्रुहरूलाई सहज यात्राको प्रत्याभूति गराउन यो कदम चालेको जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...