धनगढीमा कुटपिटबाट एक जना गम्भीर घाइते

Dhangadhi

३१ असोज, धनगढी । धनगढीमा कुटपिटबाट एक जना गम्भीर घाइते भएका छन ।

Nisharg hospital

धनगढी उपमहानगरपालिका–११, बेलागाँउमा राती साढे ९ बजे घर गइरहेका बेला एक समूहले स्थानीय करणबहादुर बोहरामाथि कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते भएका उनको निर्सग हस्पिटलमा उपचार भइरहेको छ ।

add krishi mela

आँखा तथा शरीर भरि गहिरो चोट लागेर बाटोमा लडिरहेको अवस्थामा भेटिएका उनलाई उपचारका लागि हस्पिटलमा लगेको पीडितकी श्रीमती देवी बोहोराले बताइन । आफ्नै गाउँका मनोज ओझाको समूहले आफ्ना श्रीमानलाई कुटपिट गरेको समेत उनले बताइन ।

ok

कुटपिटबाट घाइते भएका बोहरालाई ३ दिनदेखि अस्पतालमा राखेर उपचार भइरहेको र उपचारमा लागेको खर्चसमेत नदिने भन्दै उल्टै ओझाले धम्क्याएको पीडित परिवारले बताए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...