धनगढीमा स्कुटर दुर्घटनामा एक जनाकाे मृत्यु, अर्का घाइते

cp new add
Nisharg hospital

धनगढी । धनगढीमा गएराति भएको स्कुटर दुर्घटनामा एक जनाकाे मृत्यु भएको छ ।

Nast Ad

राति साढे ११ बजे धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित आरपी फ्लाेर मिल नजिक अत्तरियातर्फ गइरहेको सुपप्र ०१०११ प ४४७३ नम्बरको  स्कुटर दुर्घटना हुँदा चालक बैतडीकाे पुर्चाैडी नगरपालिका-८ बस्ने २४ वर्षीय प्रान्जल बमकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले स्कुटर अनियन्त्रित भएर सडककाे डिभाइडरमा ठाेक्किदा गम्भीर घाइते भएका बमकाे माया मेट्राे अस्पतालमा चिकित्सकले मृत घाेषणा गरेकाे बताए ।

उनी स्कुटर चालक समेत हुन् । डीएसपी जाेराकाअनुसार स्कुटरमा सवार पुर्चाैडीकै २६ वर्षीय सराेज बम घाइते भएका छन् । उनकाे माया मेट्राे अस्पतालमै उपचार भइरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...