धनगढीमा मोटरसाइकल र साइकल आपसमा ठोक्किदा २ जना घाइते

Nisharg hospital

३१ असोज, धनगढी । सुदूरपश्चिम अस्थायी राजधानी धनगढीमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा २ जना घाइते भएका छन् ।

Navjiwan hospital adv

धनगढी उपमहानगरपालिका–३ को त्रिनगर सीमा नाकास्थित सशस्त्र प्रहरीको बिट नजिकै मोटरसाइलले साइकललाई ठक्कर दिदा २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चौराहबाट भन्सारतर्फ जादै गरेको से ७ प ४४६६ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि साइकलयात्री धनगढी ३ बस्ने ५४ वर्षीय दयाराम सुवेदी घाइते भएका छन् ।

मोटरसाइकल चालक कञ्चनपुरको पुनर्वास ५ का २७ वर्षीय महेश भट्ट पनि घाइते छन् । दुवै जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

याे पनि हेर्नुस्
Loading...