अरिंगालले टोक्दा आमा छोरीको मृत्यु

Dhangadhi

१ कार्तिक, सल्यान । सल्यानको सिद्धकुमाख गाउँपालिका १ हामपालमा अरिङ्गालको टोकाइबाट आमा छोरीको मृत्यु भएको छ ।

Nisharg hospital

सोमवार साँझ अरिङ्गालले टोक्दा २१ वर्षीया सोभा बस्नेत बुढाथोकी र उनकी छोरी ४ वर्षीया प्राप्ती बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी सन्तोष खनालले जानकारी दिए ।

उनका अनुसार, मृतक सोभाको अंकल २१ वर्षीय नबिन बस्नेतको खेतमा धान काटेर घर फर्कँदै गर्दा अरिङ्गालको टोकाइबाट घाइते भएका उनीहरू तीनैजनाको श्रीनगरमा रहेको परोपकार हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो ।

ok

थप उपचारका लागि कोहलपुर लैजाँदै गर्दा सोभा र छोरी प्राप्तीको मृत्यु भएको डीएसपी खनालले जानकारी दिए । घाइते नबिनको भने परोपकार अस्पतालमा उपचार भइरहेको प्रहरीले बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...