१ कार्तिक, धनगढी । कैलालीस्थित फूलबारीमा एक क्लिनिकमा चोरी भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर १९ फूलबारीकोे अप्सरा क्लिनिकमा चोरी भएको हो ।
कैलाली प्रहरीका अनुसार गएराति क्लिनिककोे पछाडीको ढोकाको चुक्कुल काटेर भित्र प्रवेश गरी चोरी भएको बताए ।
उनीहरुले लाखौँ मूल्यका सामान तथा,ल्याप्टप, दुई थान मोबाइल, झण्डै आधा तोला बराबरका सुनका गहना, चाँदीका चार ओटा बाला र क्लिनिकको काउण्टरमा राखेको नगद एक लाख रुपैँया चोरेर लगेको क्लिनिकका सञ्चालक भागीराम चौधरीले बताए ।