यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

cp new add
Nisharg hospital
suchana

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा केहीबेरमा सुरु हुने खेलमा यूएईका कप्तान अलिशान सराफुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । नेपालले टोलीमा एक परिवर्तन गरेको छ ।

गुल्शन झाको स्थानमा कुशल मल्लले मौका पाएका छन् । जारी शृंखलामा लगातार तीन हार बेहोरेको नेपाल आज जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो ।

त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।  लिग २ को तालिकामा हाल अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ । यूएई ८ अंक जोडेर पुछारमा छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...