अधुरै रह्यो नेपाल प्रहरी बनेर राष्ट्रको सेवा गर्ने सपना !

Dhangadhi

२६ असार, धनगढी । अछामको मेल्लेख गाउँपालिका–६ झडिगाउँका २१ वर्षीय भरत बोहराले बाल्यकालमा आमाको माया पाउन सकेनन् । उनी चार वर्षको हुँदा आमाले सदाका लागि छोडेर गएपछि बुवाले नै पालनपोषण गरेर हुर्काए । केही वर्षपछि बुवाले दोस्रो विवाह गरेर कान्छी आमा भित्र्याएपछि उनैले भरतको स्याहारसुसार गरिन् ।

Nisharg hospital

सामान्य परिवारमा जन्मिएका बोहराका बुवा अछाममै खेतीपाती गर्दै आएका छन् । खेतीपाती र ज्याला, मजदुरी गरेर जेनतेन भरतले कक्षा १२ सम्मको अध्ययन गरे तर कमजोर आर्थिक अवस्थाका कारण उनले उच्च शिक्षा अध्ययन गर्न नसकिने भएपछि पढाइमा ब्रेक लगाउदै रोजगारीको खोजी गर्न थाले । सोही बेला नेपाल प्रहरीमा भर्ना खुलेको थाहा पाएपछि गाउँका अन्य साथीहरुसँगै उनले पनि आवेदन फारम भरे ।

सानैदेखि नेपाल प्रहरी बनेर राष्ट्रको सेवा गर्ने इच्छा भएका बोहरा प्रहरी छनोटको आधारभूत तालिममा सफल हुँदै प्रशिक्षार्थी प्रहरी जवानका रुपमा छनोट भए । ११ महिनाअघि प्रशिक्षार्थी प्रहरी जवानमा छनोट भएका बोहरा सुदूरपश्चिमको साविकको क्षेत्रिय सदरमुकाम दिपायलमा रहेको प्रहरी तालिम केन्द्रमा नियमित तालिममा थिए ।
२२ असारको कुरा हो, नियमित तालिम अन्तरगत नै १० किलोमिटरको लामो दौड चलिरहेको थियो । आफ्नो पालो आएपछि अन्य प्रशिक्षार्थी प्रहरी जवानसँगै बोहराले पनि दौड सुरु गरे तर केही किलोमिटर पार नगर्दै उनी लडेर बेहोस भए ।

ok

एकछिनमा आफै उठेर पुनः दौडेका बोहरा १० किलोमिटर कटाउन करीब तीन सय मिटरको दुरी बाँकी छदै फेरी लडे । पुनः लडेर बेहोस भएका बोहरालाई तत्काल डोटीमा सामान्य उपचारपछि होस नखुलेपछि हेलीकोप्टरमार्फत कोहपुरमा रहेको शिक्षण अस्पताल लगियो ।

शिक्षण अस्पतालमा उपचारका क्रममा बोहरा बेला–बेला होस्मा आउने फेरी बेहोस् हुने क्रम चलिरहेको थियो तर शनिबार अस्पतालले आफन्तलाई बोहरालाई बचाउने प्रयास असफल भएको दुःखद खबर सुनायो । यो सँगै उनी सदाका लागि यो संसारबाट विदा भएर गएका छन् । ‘भरत आँखामा राखेपनि नबिझाउने मिलनसार स्वभावको थियो । प्रहरी बनेर राष्ट्रको सेवा गर्न चाहान्थ्यो तर पापी दैवले उनको त्यो सपना अधुरै राख्यो,’ काका नाता पर्ने शेरबहादुर बोहराले भने, ‘भतिजको ज्यान गएपनि राज्यले परिवारलाई उचित क्षतिपूर्ति दिन्छ भन्ने हाम्रो विश्वास छ ।’

उनकाअनुसार भरतले परिवारको कमजोर आर्थिक अवस्थाकै कारण उच्च शिक्षा गर्ने इच्छा मार्दै भरतले नेपाल प्रहरीको जागिरका लागि आवेदन फारम भरेका थिए तर प्रहरी बनेर राष्ट्रको सेवा गर्ने सपना पनि अधुरै हुन पुगेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...