बैतडीको सुर्नया गाउँपालिका भित्रका बजारबाट ५३ हजारका अखाद्य सामग्री नष्ट

Nisharg hospital

१ कार्तिक, धनगढी । बैतडीको सुर्नया गाउँपालिका भित्रका बजारबाट ५३ हजार बराबरका लेबल नाघेका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ । सुर्नयामा चाडपर्व लक्षित बजार अनुगमन गरिएको हो ।

Navjiwan hospital adv

पालिका भित्रका बजारमा अनुशासन कायम गर्न, म्याद नाघेका सामग्री विक्रि–वितरणमा रोक लगाउन र कालोबजारी हटाउन अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमांशु भट्टले बताए ।

अनुगमनका क्रममा दर्ता नगरेर सञ्चालनमा रहेका पसलहरुलाई दर्ता गर्न र उपभोक्ताहरुलाई म्याद हेरेर मात्रै सामग्री खरीद गर्न आग्रह गरिएको छ । पालिकाले व्यवसाय सञ्चालन गरेकाहरुलाई समयमै कर बुझाउन पनि अनुरोध गरेको छ ।

याे पनि हेर्नुस्
Loading...