राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता सूचीमा नाम दर्ता सुरु

cp new add
Nisharg hospital
Samajik

काठमाडौं । राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने भएको छ ।

DHANGADHI

निर्वाचन आयोगले बिहीबारबाट राष्ट्रिय परिचपत्रको विवरणका आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको हो । यसका लागि बुधबार रातभरि प्राविधिक तयारी र परीक्षणका काम भएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउने छ । यही ३० कात्तिकसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ। मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ मतदाताको संख्या पनि बृद्धि हुँदै आएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदाता सूचीमा नाम लेखाउन मिल्ने भएपछि अब बाँकी दिनमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यले थप रफ्तार पाउने आयोगका अधिकारीहरू बताउँछन् ।यसअघि बुधबार प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी थिइन् । छलफलमा आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीसहितका अधिकारीहरू थिए ।

छलफलको क्रममा आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्न लागिएको जानकारी गराएको थियो । छलफलमा राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरे पनि सहभागी थिए। उनले राष्ट्रिय परिचय पत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताएका थिए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...