महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

cp new add
Nisharg hospital

विराटनगर । नेकपा एमालेका नेता सुनसरीको इटहरीमा आएपछि नयाँ पुस्ताका युवा (जेनजी)हरुले सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका छन् ।

Nast Ad

महेश बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार भएको गाडी क्रस भइसकेपछि दुबहीमा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्का अनुसार सडकमा बालिएको आगो प्रहरीले क्लियर गरिसकेको छ ।

‘उहाँहरु क्रस भइसकेपछि टायर बालिएको थियो’, उनले भने, ‘ प्रहरीले क्लियर गरिसकेको छ ।’ विराटनगरविमानस्थल हुँदै सुनसरीको इटहरी जाने क्रममा विमानस्थल अगाडि दुई जनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेको थियो ।

मसी प्रहार गर्ने विराटनगर १ का सन्जोग गौतम र विराटनगर २ का अर्पित कुँवरलाई प्रहरीले पक्राउ गरिसकेको छ । विमानस्थलमा बस्नेत सवार गाडीमाथि रातो मसी फाल्ने गौतम नेपाल विद्यार्थी संघ मोरङको जिल्ला सदस्य हुन् । कुँवर पनि नेविसंघ निकट नै रहेको प्रहरी स्रोतले बताएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...