हिन्दु सम्राट सेनासहितका आन्दोलनकारीसँग गृहमन्त्रीको वार्ता जारी

cp new add
Nisharg hospital

काठमाडौं । तराईका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार ( साउन १६ ) धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेका छन् । गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेनालगायत आन्दोलनकारी समूहका प्रतिनिधिसँग छलफल अगाडि बढाएका हुन् ।

Nast Ad

यही साउन १० गते सुनसरीको कप्तानगन्जमा दुई समुदायबीच भएको झडपमा परी दुई युवकको मृत्यु भएपछि तराईका जिल्लामा प्रदर्शन र आन्दोलन चर्किएको थियो । सोहीक्रममा सिरहामा दुई समुदायबीचको विवादले उग्ररूप लिँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एकजनाको ज्यान गएको थियो ।

आन्दोलन शान्त पार्न र सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्न गृहमन्त्री गुरुङ यति बेला तराई भ्रमणमा छन् । वार्ताका माध्यमबाट केही स्थानको माहोल क्रमिक रूपमा शान्तिपूर्ण बन्दै गएको छ । स्थानीय प्रशासनले केही जिल्लाबाट कर्फ्यु हटाए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा अझै कायम छ । 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...