अध्यक्ष र महासचिवको उम्मेदवार बन्दिनँ, वरिष्ठ उपाध्यक्ष पद विधानमै छैन : विष्णु पौडेल

cp new add
Nisharg hospital

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे अहिले बोल्ने कुरा राम्रो नहुने बताएका छन् ।

Nast Ad

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । महासचिवको पद आफूले दशौं महाधिवेशनमा नै छाडिसकेको र अध्यक्षमा केपी शर्मा ओलीलाई नै समर्थन गरिरहेको उनको प्रष्टोक्ति छ ।

‘म महासचिवको उम्मेदवार होइन । म शक्तिशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको महासचिव भएर काम गरेको हुँ । मैले दशौं महाधिवेशनमा नै छाडिसकेको छु । म महासचिवको उम्मेदवार होइन,’ पौडेलले थप प्रष्ट पार्दै भने, ‘वरिष्ठ उपाध्यक्षको व्यवस्था विधानमै छैन ।

एघारौं महाधिवेशनमा उम्मेदवारी त हुन्छ । तर अध्यक्षबाहेकमा हुन्छ । अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गरिरहेको छु । महासचिव दशौं महाधिवेशनमा नै छाडिसकेको छु ।’ साथै, अध्यक्ष केपी शर्मा ओलीलै वरिपरि गोलबन्द भएर पार्टीलाई एक बनाएर अघि बढ्ने कुरामा नमान्नुपर्ने कुनै कारण रहेको उनको भनाइ थियो ।

‘अनेक प्रकारको हण्डर, ठक्कर आरोहअवरोहको सामना गर्दै पार्टीलाई, आन्दोलनलाई, मुलुकलाई नेतृत्व गर्दै आउनु भएका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वरिपरी गोलबन्द भएर पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ भनेर भन्दाखेरी नमान्नुपर्ने पनि म कुनै त्यस्तो देख्दिनँ । यो सम्भव छैन भन्ने पनि मलाई लाग्दैनँ,’ पौडेलले भने । पौडेलले अध्यक्ष ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने कुरामा पार्टीभित्र विमति हुनुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ ।

उपाध्यक्ष पौडेलले पाँचौँ राष्ट्रिय महाधिवेशनमा मदन भण्डारी विरुद्ध दिइएको उम्मेदवारी अन्तिम समयमा आएर फिर्ता भएको जस्तै आसन्न महाधिवेशनमा पनि सोही बाटोबाट एमालेले नेतृत्व चयन गर्ने विश्वास समेत व्यक्त गरे । उनले महाधिवेशनमा स्वस्थ प्रतिष्पर्धामा जाने वैधानिक बाटोलाई पनि खुला राखेको बताए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...