
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापबाट जुवातास खेलेको आरोपमा प्रहरीले सात जानलाई पक्राउ गरेको छ ।

डकुछाप बस्ने ५० वर्षीय श्याम कुमार जिसीको टहरोमा जुवातास खेलिरहेको अवस्थामा श्याम कुमार समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग बुंगमती र प्रहरी प्रभाग फर्सीडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ८ सय १० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

