गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद आज समापन हुँदै

Nisharg hospital

३ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा सञ्चालीत नवौं राष्टि खेलकुदको आज समापन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार बिहीबार दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनेछन् ।

swostik

यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए । भने समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम आयोजना गरिने प्रचार प्रसार उपसमितिका सचिव खुसराज दाहालले बताए ।

उनका अनुसार १० औँ राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेशसमेत समारोहमा घोषणा गरिने र सो प्रदेशलाई झण्डा हस्तान्तरण हुने बताए ।

प्रतियोगिता समापन अघि पोखरा रङ्गशालामा विभागीय नेपाली सेना र अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफका बीच फुटबलको स्वर्ण पदकका लागि फईनल खेल हुने आयोजकले जनाएको छ ।

नवौँमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल सञ्चालन भएका छन ्। केही खेलको फाइनल सकिएको छ भने बाँकीको आज हुँदैछ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...