
काठमाडाैँ । सुदूरपश्चिमका नरेशकुमार राेकाया एमालेकाे युवा केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।
भृकुटीमण्डपमा जारी ११औँ राष्ट्रिय महाधिवेशनबाट बाजुरा स्थायी घर भएका रोकाया खुला युवा कलस्टरमा केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।
उनीसँगै युवा कलस्टरमै सुशील थापा पनि निर्विरोध निर्वाचित भएका छन्।
केन्द्रीय सदस्यमा निर्विरोध भएका राेकाया अनेरास्ववियुका निवर्तमान केन्द्रीय महासचिव समेत हुन् । अनेरास्ववियु मार्फत राेकायाले पार्टी संगठन निर्माण तथा विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
उनले पार्टीको संगठन विस्तार, जनसम्पर्क तथा वैचारिक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएका छन् । उनी पार्टी पंक्तिमा लोकप्रिय नेताका रूपमा परिचित छन्।
राेकाया केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै पार्टीलाई थप सुदृढ र जनमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

