बैतडीमा पासोमा फसेको चितुवा सकुशल उद्धार

cp new add
Nisharg hospital
suchana
Nast new

बैतडी । बैतडी जिल्लामा पासोमा फसेको चितुवालाई सकुशल उद्धार गरिएको छ। सिगास गाउँपालिका–२ धौलाडीको जीमराडी क्षेत्रमा आइतबार राति स्थानीयले थापेको पासोमा चितुवा फसेको थियो।

डिभिजन वन कार्यालयका सूचना अधिकारी नरेश कर्णका अनुसार पासोमा फसेको चितुवाको मंगलबार बिहान करिब ११ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले सुरक्षित रूपमा उद्धार गरेको हो। चितुवाको दायाँ खुट्टा पासोमा फसेको अवस्थामा फेला परेको थियो।

उद्धारका क्रममा चितुवालाई डार्टिङ गरी बेहोस बनाइएको थियो। पशु चिकित्सकसहितको टोलीले घाइते चितुवाको उपचार गरेपछि आजै सिगास संरक्षित वन क्षेत्रमै छोड्ने तयारी गरिएको सूचना अधिकारी कर्णले जानकारी दिए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली आउनुपर्ने भएकाले उद्धार कार्यमा केही ढिलाइ भएको जनाइएको छ। सामुदायिक वनको हाताभित्र थापिएको पासोमा चितुवा फसेको घटनापछि डिभिजन वन कार्यालयले सम्बन्धित सामुदायिक वनलाई पत्राचार गरेको छ। सामुदायिक वन क्षेत्रमा कसले र कुन प्रयोजनका लागि पासो थापेको हो भन्ने विषयमा छानबिन गर्न पत्र पठाइएको सूचना अधिकारी कर्णले बताए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...