विदेश पठाइदिने भन्दै ५० लाख ठगी गर्ने पक्राउ

cp new add
Nisharg hospital

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४९ लाख १४ हजार ५०० रुपेयाँ ठगी गर्ने तीनजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

Telecome

कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौं–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौं गोकर्णेश्वर–५ बस्ने २५ वर्षीय साइरज सुवेदी पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ परेकामध्ये अधिकारीले अल्बानिया पठाउने भन्दै १९ लाख, विश्वकर्माले क्यानडा पठाइदिने भन्दै १९ लाख र सुवेदीले अमेरिका पठाइदिने भन्दै ११ लाख १४ हजार ५०० सय लिई विदेश नपठाएर सम्पर्कविहीन भएको बताए ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता अधिकारीले बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...