सरकारले आफ्ना नेतालाई जोगाएर अरु नेतालाई पक्राउ गर्‍यो : रामकुमारी झाँक्री

cp new add
Nisharg hospital

 काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई जोगाएर विपक्षी दलका नेताहरुलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएकी छन् ।

Telecome

शुक्रबार बसेको राष्ट्रियसभा बैठकको बिशेष समयमा बोल्दै झाँक्रीले आफ्नो पार्टीको नेतालाई लागेको फौजदारी अभियोग सरकारले फिर्ता लिने काम गरेको र एक जनाको बयानका भरमा एमाले उपाध्यक्ष बिष्णु पौडेललाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले आफूसँग प्रतिस्पर्धी राजनीतिक दलहरूका नेतालाई चुप लाग्ने बनाउनका लागि बङ्गलादेश र पाकिस्तानको मोडलको अभ्यास गर्न खोजिएको टिप्पणी गरिन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको घटनाबारे लक्षित गर्दै उनले सोधपुछका लागि जहिले पनि उपलब्ध हुनसक्ने मान्छेलाई पक्राउ गर्ने काम उचित नभएको बताईन् ।

यस्तै उनले एक्सप्रेस वे मा चलेको सरकारले एकमाथि अर्को गलत काम गरेको भन्दै दुर्घटनाको नजिक रहेको टिप्पणी समेत गरिन् ।

त्यसैगरि झाँक्रीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाको छानविनका लागि न्यायिक आयोग गर्न समेत माग गरिन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...