
धनगढी । धनगढीमा तीन दिनदेखि बेपत्ता बालक हत्या गरेको अवस्थामा फेला परेका छन् ।

बुधबार साँझदेखि बेपत्ता धनगढी उपमहानगरपालिका–१७ को उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीया तनुज चौधरी हत्या गरेको अवस्थामा शुक्रबार स्थानीय जंगलमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार चौधरी प्रहरी र स्थानीयले खोज्न क्रममा जंगलमा मृत भेटिएका हुन् । उनले चढ्दै आएको साइकल समेत शव नजिकै फेला परेको छ । उनको शव भेटिएको स्थानमा रगत लत्तपतिएका ढुंगा पनि भेटिएका छन् । बालकको शव आधा सडेको अवस्थामा रहेको छ ।
प्रहरीले बालक मृत भेटिएको घटनाको अनुुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थल सिल गरेर घटनास्थल कार्य गरिरहेको छ । मृतक चौधरी उर्मा बोर्डिङ स्कुलमा दुई कक्षामा अध्ययन गदर्थे ।

