
महेन्द्रनगर। कन्चनपुर भीमदत्त नगरपालिका ०९ ब्रह्मदेव स्थित खल्ला मसेट्टी हुदै दार्चुला जोड्ने महाकाली करिडोर निर्माणका कार्य २०८० बैशाख मा निर्माण कम्पनि नाम -दिवा सनिदेव जेभी ले पाएको हो पटकपटक म्याद थप गरी अन्तिम म्याद २०८३ भदौ सम्म रहेको छ तर निर्माणका क्रममा निर्माण कम्पनीले बैकल्पिक बाटो महाकाली नदीमा दिएकाले दैनिकि आवतजावत निकै जोखिम रहेको दिपेन्द्र सिह ऐरी बताउछन् ।

वैकल्पिक बाटोको व्यवस्था नगरी सडक बन्द गरिएको विषयमा आन्दोलनरत स्थानीय युवाले पुनः सडक अवरुद्ध भए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
आन्दोलनका अगुवा दीपेन्द्र सिंह ऐरीले सामाजिक सञ्जालमार्फत जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन समिति तथा डिभिजन वन कार्यालयप्रति करिडोर पुनः सञ्चालनमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै फेरि अवरोध सिर्जना भए आन्दोलनलाई तीव्र बनाइने बताएका छन्।
उनले सम्बन्धित निकायले महाकाली करिडोरलाई पुनः अवरुद्ध हुन नदिई सहज रूपमा सञ्चालन गराउन आग्रह गर्दै त्यसो नभए बाध्य भएर आन्दोलनको बाटो रोज्नुपर्ने उल्लेख गरेका छन्।
यसका लागि आन्दोलन पक्षले चारबुँदे कार्यक्रमसमेत सार्वजनिक गरेको छ। जसअनुसार पत्रकार सम्मेलन गर्ने, कालोपट्टी बाँधेर करिडोर क्षेत्रमा विरोध प्रदर्शन गर्ने, करिडोरका साइट इन्जिनियर तथा साइट इन्चार्जहरूको सवारीसाधन नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा बुझाउने तथा संघीय र प्रदेश सरकारका क्षेत्र नं. ३ का जनप्रतिनिधि र महाकाली करिडोर योजना प्रमुखको तस्वीरसहित सडक प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। आवश्यक परे थप कडा संघर्षका कार्यक्रमसमेत घोषणा गरिने चेतावनी दिइएको छ।
यसअघि पनि स्थानीयले वैकल्पिक सडकको व्यवस्था नगरी निर्माण कार्य अघि बढाउँदा सर्वसाधारण, विद्यार्थी र बिरामी आवतजावतमा समस्या परेको भन्दै आन्दोलन गरेका थिए। उनीहरूले निर्माण कार्यलाई तीव्र बनाउन र वर्षायाममा सडक सञ्चालन सुनिश्चित गर्न माग गर्दै आएका छन्।

