
९ कात्तिक, धनगढी । बैतडीमा नेपाली कांग्रेसका वडा सभापती र उपसभापतीसहितका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जिल्लाको मेलौली नगरपालिका–५का कांग्रेस वडा सभापती परमानन्द पन्त र शिवनाथ गाउँपालिका–६ का उपसभापति बहादुर चन्दसहितका नेता कार्यकर्ता बुधबार एमालेमा प्रवेश गरेका हुन् ।
यस्तै कांग्रेसका क्षेत्रिय अधिवेशन प्रतिनिधिद्धय शंकर चन्द र बीर बहादुर चन्द, क्रियाशिल सदस्य कालुबहादुर चन्द, बिरेन्द्र बहादुर चन्द मान बहादुर चन्द, गोरी बहादुर चन्द, हरी बहादुर चन्द, दिपेन्द्र बहादुर चन्द, हिरा बहादुर चन्द, सुक्र बहादुर चन्द र रमेश बहादुर चन्दले एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमाले केन्द्रीय सदस्य एंव जिल्ला इन्चार्ज पूरनसिंह दयाल र केन्द्रीय सदस्य एंव जिल्ला सह–इन्चार्ज लिलाधर भट्टले टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

