धनगढीमा कार र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते

cp new add
Nisharg hospital

धनगढी । धनगढी उपमहानगरपालिका–३ काे बोराडाँडी चोकमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरीकाअनुसार बिहीबार राति १० बजेर २० मिनेटमा अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च ४३९२ नम्बरको कारलाई पछाडिबाट सु.प.प्र.०१–००१ ब १७६२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। कार तारानगर बस्ने ४६ वर्षीय नवराज पण्डितले चलाएका थिए।

दुर्घटनामा मोटरसाइकलमा सवार नाम, थर र ठेगाना नखुलेका दुई जना पुरुष गम्भीर घाइते भएका छन्। घाइतेमध्ये एक जनाको माया मेट्रो अस्पताल धनगढी र अर्काको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवै जना बेहोस अवस्थामा रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले बताए ।

दुर्घटनापछि कार, मोटरसाइकल र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा अस्थायी प्रहरी पोस्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक डबल साउदको कमाण्डमा चार जनाको टोली खटिएको थियो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...