कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल पदमुक्त

panchodaye

२९ असार, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त भएका छन् । मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा गरेको घोषणा गर्दै पत्र स्वीकृत गराइदिन लेखेको पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका हुन् ।

Nast college

बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाउदै उनी पदमुक्त भएको घोषणा गरेका हुन् ।

Nisharg hospital

२०७४ सालको निर्वाचनमा डडेल्धुराबाट प्रदेशसभा सदस्य विजयी मल्ललाई नेपाली कांग्रेसले साधारण सदस्य समेत नरहनेगरि कारबाही गरेपछि उनले प्रदेशसभा सदस्य त्यागेको घोषणा गरेका थिए । गत बैशाखमा पद त्यागेको घोषणा गरेपनि प्रदेशसभाबाट प्रदेशसभा सदस्यको हैसियतमा पाउने सेवासुविधा वापतको रकम भने बुझिरहेका थिए ।

कांग्रेसले पार्टी विधान विपरीत फर्जी क्रियाशील सदस्यता बाँडेर डडेल्धुराको जिल्ला अधिवेशन गरेको भन्दै मल्ल पक्षले बहिष्कार गरेको थियो । सोही विषयलाई लिएर विवाद बढ्दै गएपछि कांग्रेसलाई मल्ललाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्काशन गरेको थियो ।

निष्काशन गरेपछि उनले डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य पदमा नरहने घोषणा गरेका थिए, तर सभामुखलाई राजिनामा नबुझाएका कारण उनको पद कायमै थियो । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मल्लले कांग्रेस बीपीबाट नेकपा एमालेसँग चुनाव तालमेल गरेका थिए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...