

९ कात्तिक, धनगढी । नेकपा एमाले सुदूरपश्चिमले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध लागेकाे भन्दै तीन जना नेतालाई पार्टीबाट निष्काशन गरेकाे छ ।
एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले कैलाली, कञ्चनपुर र डाेटीका तीन जना प्रदेश सदस्यलाई साधारण सदस्य समेत नरहनेगरि पार्टीबाट निष्काशन गरिएको जानकारी दिए ।
उनकाअनुसार कैलालीका यज्ञराज बास्तोला, कञ्चनपुरका जयराज पाण्डे र डाेटीका प्रेम शाहलाई कारवाही गरिएकाे हाे ।
उनीहरूमाथि पार्टीका आधिकारिक उम्मेदवारका विपक्षमा गतिविधि गरेकाे भन्दै विधानकाे धारा ८१(१) बमोजिम निष्कासन गरिएको प्रदेश कमिटिले जनाएको छ ।

