
१० कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा दिदीबहिनीबाट भाइटीका लगाएका छन् । भक्तपुरको बालकोटस्थित निवासमा ओलीलाई विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीले भाइटीका लगाइ दिएका हुन् ।
उनीहरुले टिका लगाइदिएपछि ओलीले पनि उनीहरुलाई टिका लगाइदिएका छन् । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने चलन छ।
दिन दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पंचरंगी वा सप्तरङ्गी टीका लगाई भाइटीका मनाइँदै छ ।

