दार्चुलामा ढुङ्गा लागेर बालकको मृत्यु

cp new add
Nisharg hospital

११ कात्तिक, धनगढी । दार्चुलामा भीर माथिबाट खसेको ढुङ्गा लागेर बालकको मृत्यु भएको छ । जिल्लाको व्यास गाउँपालिका–२ तम्पाकुका अन्दाजी १० वर्षीय पवन महराको ढुङ्गा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) तर्कराज पाण्डेले वडा नम्बर २ कै थिइ भीर माथिबाट खसेको ढुङ्गा लागेर महराको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । घटनाबारे खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको छ ।

भारतको बाटो भएर जानुपर्ने अवस्था भएकाले केही घण्टामा मात्र टोली त्यहाँ पुग्ने बताउँदै डीएसपी पाण्डेले त्यसपछि मात्र घटनाबारे विस्तृत विवरण प्राप्त हुने बताए । बालक आमाबुवासँगै रहेको बताइएपनि उनीहरुसँग पनि सम्पर्क हुन सकेको छैन ।

स्थानीयले भने भारतीय पक्षले धार्चुलाको लखिमपुर क्षेत्रमा सडक निर्माण गरिरहेको र सोही क्रममा ढुङ्गा खसेर बालकको मृत्यु भएको बताएका छन् तर प्रहरीले भने टोली पुगेपछि मात्र थप कुरा थाहा हुने उल्लेख गरेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...