कैलालीको चौमाला बजारमा भिषण आगलागी

cp new add
Nisharg hospital

१२ कात्तिक, धनगढी । कैलालीको चौमाला बजारमा आगलागी भएको छ ।

गौरीगंगा नगरपालिका वडा नम्बर १ मा पर्ने चौमाला बजारमा रहेको हिमाल मोबाइल ग्यालरीमा विद्युत तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले हिमाल मोबाइल ग्यालरीबाट सुरु भएको आगलागी फैलिएर चार वटा पसलमा लागेको जानकारी दिए ।

उनकाअनुसार आगो लागेका सबै पसल जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । अहिले गोदावरी नगरपालिकाबाट दमकल मगाइएको छ तर घटनास्थल पुग्न सकेको छैन । क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...