कञ्चनपुरमा महिलाका हातखुट्टा बाँधेर लुटपाट

Nisharg hospital
Navjiwan hospital adv

३० असार, धनगढी । कञ्चनपुरमा एक महिलामाथि लुटपाट गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरैयामा बुधबार दिउँसो स्थानीय गिता चन्दको घरमा चार जनाको अज्ञात समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमकाअनुसार चन्दका हातखुट्टा बाँधेर घरबाट एक लाख नगदसहित सुनका गरगहना लुटिएको हो । लुटपाटमा संलग्न व्यक्ति भारतीय नागरिक भएको आशंका गरिएको छ । प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।

 

याे पनि हेर्नुस्
Loading...