press
po

डडेलधुरामा देउवा समूहको जिल्ला अधिवेशन सुरु

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । नेपाली कांग्रेसमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अधिवेशन गरिरहेको छ ।

sanjiwan
Nisharg

देउवा समूहले डडेल्धुरामा १५औं महाधिवेशनअन्तर्गत शनिबार क्षेत्रीय तथा आठौं जिल्ला अधिवेशन गर्न लागेको हो । अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्वसँगै महाधिवेशन प्रतिनिधिहरू चयन हुनेछन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

कांग्रेस डडेल्धुराका तत्कालीन सभापति भीमबहादुर साउद विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले आयोजना गरेको अधिवेशनमा खुलेपछि देउवा समूहले उपसभापति डिल्लीराज जोशीलाई संयोजक बनाएको थियो ।

HAMRO DAIRY

स्रोतका अनुसार अधिवेशनबाट जोशी जिल्ला सभापति चयन हुने सम्भावना रहेको छ । अधिवेशनअघि देउवा समूहले डडेल्धुरा बसपार्कदेखि अधिवेशनस्थल निर्माण व्यपसायी संघको सभाहलसम्म बाजागाजासहित र्‍याली निकालेको थियो ।

उक्त समूहले यसअघि संखुवासभा, डोल्पा, हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिम, कालिकोट, डोटी, बैतडी, रोल्पा र दैलेखमा नयाँ नेतृत्व चयन गरिसकेको छ ।

१५ असोजबाट वडा अधिवेशन सुरू गरेको उक्त समूहले १५ कात्तिकमा जिल्ला अधिवेशनहरू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...