कैलालीमा गोरुसँग जीप ठोक्किएर भएको दुर्घटनामा युवकको मृत्यु

spa1
Nisharg hospital

३० असार, धनगढी । कैलालीमा गोरुसँग जीप ठोक्किएर भएको दुर्घटनामा युवकको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–३ भाटभटेनी नजिकै अत्तरियातर्फ गइरहेको जीप छाडा गोरुसंग ठोक्किदा भएको दुर्घटनामा परेर बझाङ्गको तलकोट गाउँपालिका–५ का आकाश मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।

swostik

उनी चालक बझाङ्गको तलकोट गाउँपालिका–५ कै राम संत्यालले चलाएको से१ज ८९० नम्बरको बोलेरो जीपमा सवार थिए । गोरुसँग ठोक्किएर जीप पल्टीएपछि घाइते भएको मल्लको उपचारका क्रममा मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

kailali model

उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...