समाजवादीका यी दुई सांसद, जो संसद बहिष्कार गर्दै आफ्नै अर्थमन्त्रीविरुद्ध उभिए

Nisharg hospital

३० असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार बसेको दोस्रो प्रदेशभाको बैठकबाट अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित गरेपनि सत्तारुढ दलभित्रको असन्तुष्टि भने साम्य भएको छैन । बजेट संशोधनको माग गर्दै आएका सत्तारुढ नेकपा(एकीकृत समाजवादी) पार्टीका प्रदेशसभा सदस्य पूर्णा जोशी र तारालामा तामाङले प्रदेशसभाको बैठक नै बहिष्कार गरेका छन् ।

बजेटमाथि छलफल गर्न बुधबार पौने ४ बजे बसेको प्रदेशसभाको पहिलो बैठकमा सहभागी भएपनि पूर्व मन्त्री समेत रहेका उनीहरु दुवै जनाले छलफलमा भाग लिएनन् भने बैठक सुरु भएको केहीबेरमा दुवै जना बाहिरिएका थिए । तर बजेट पास गर्न बसेको प्रदेशसभाको दोस्रो बैठक भने बहिष्कार गर्दै उनीहरुले भाग नै लिएनन् । जबकी आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावल पनि उनीहरुकै पार्टीका प्रदेशसभा सदस्य हुन् ।

Aishwya
Dhanagdhi

‘यथास्थितीमा बजेट पारित गर्नु हुदैन भनेर मैले विगत एक महिनादेखि फरक मत राख्दै आएको कुरा सर्वविदितै छ । सिङ्गो सुदूरपश्चिमले बजेट गलत छ भनेका बेला म कसरी सही छ भन्ने सक्थे,’ जोशीले भनिन्, ‘हाम्रो पार्टीको प्रदेश कमिटि बैठकमा ९ जिल्लाकै नेतृत्वमा बसेका साथीहरुले बजेट गलत भएकाले सच्याउनुपर्छ भन्नुभएको छ । गलत प्रवृत्तिका विरुद्ध हिजो पनि थिए आज पनि छु ।’

उनले पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारले ल्याएको बजेटका विषयमा सुदूरपश्चिमबाट केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने नेता र प्रदेशसभा सदस्यहरुसँग भने राति १२ बजेसम्म छलफल गरेर कुरा सुनेको बताउँदै त्रुटी सच्याउन सरकार तयार नभएको बताइन् । प्रदेश सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलसँग गरिएको १४ बुँदे सहमती जनताको आँखामा छारो हाल्ने कुरा मात्रै भएको टिप्पणी गरिन् । ‘त्यो १४ बुँदे भनिएको सहमतीमा कुनै कुरा नयाँ छैन । यो प्रदेशबासीको आँखामा छारो हाल्ने काम मात्र भएको छ । लम्पसार पार्ने कुरा मात्रै हो,’ जोशीले भनिन् ।

बजेटमाथि असन्तुपष्ट जनाउदै प्रदेशसभाको बैठक बहिष्कार गरेका एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङले भने सार्वजनिक रुपमा अहिले कुनै प्रतिक्रिया नदिने बताएका छन् । प्रदेशसभा बहिष्कार गरेकी जोशी पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हुने भने तामाङ पूर्व आर्थिक मामिला मन्त्री हुन् । उनीहरु दुवै जना नेकपा एमाले विभाजन भएर खुलेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका थिए ।

बजेट छलफल गर्न बसेको एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठकमा समेत जोशी र तामाङसहितका बहुमत प्रदेशसभा सदस्यले यथास्थितीमा बजेट पारित गर्न नसकिने अडान लिएपछि कुनै निर्णय गर्न सकेको थिएन । उनीहरुले बजेटमाथि असहमती जनाउदै प्रदेशसभा बैठक बहिष्कार गरेको विषयमा समाजवादीको प्रदेश संसदीय दलले कुनै प्रतिक्रिया जनाएको छैन ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...