press
po

सरकारका अनेक कुरा देखिरहँदा तमासा हेरेर बस्न सक्दैनौं : माधव नेपाल

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले दुई तिहाईको सरकारबारे विभिन्न खालका टिप्पणी भइरहँदा आफूहरू तमासा मात्रै हेरेर नबस्ने बताएका छन् ।

sanjiwan
Nisharg

पार्टीको आजबाट सुरु भएको दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

‘यो सरकार दुई तिहाइको छ, यसले जिम्मेवार ढंगले मुलुक चलाउनेछ । जनताका इच्छा आकांक्षालाई पूरा गर्नेछ । देशको स्वाभिमानको रक्षा गर्नेछ, लोकतन्त्र र गणतन्त्रलाई जोगाउनेछ, सुदृढ गर्नेछ भन्ने थियो,’ नेपालले भने, ‘तर अनेकौं खालको कुरा देखिरहँदा स्वभाभिक रुपमा हामी तमासी भएर बस्न सक्दैनौं ।’

HAMRO DAIRY

सोही कारण पार्टीले दुई महिने अभियान सञ्चालन गर्न लागेको उनको भनाइ थियो । साथै, जनताकाबीचमा गएर जनताका आकांक्षादेखि गुनासासम्म सुन्ने र त्यसलाई आत्मसमीक्षा गर्ने नेपालको भनाइ छ ।

‘यो सबै कुराको बीचमा हामीले सोच्यौं, अभियान चलाऔं, जनताकाबीचमा जाऔं । गाउँ, वडा केन्द्रीत बनौं । जनताका के भनाइहरू छन् । आशा आकांक्षा, गुनासा के के छन् ती सबै सुनौं,’ नेपालले भने, ‘त्यसको सबै समीक्षा गरौं भन्ने सोच राखेर यो अभियान सुरु गर्न गइरहेका छौं । वृहत कार्यकर्ता भेला गर्दै हामीले योजना बनाएका छौं । त्यसमार्फत पनि सन्देश सम्प्रेषण गर्नेछौं ।’

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...