गुजरातमा पुल चुडिँदा मृत्यु हुनेको संख्या १४३ पुग्यो

cp new add
Nisharg hospital
suchana

१४ कात्तिक, काठमाडौँ । भारतको गुजरातमा पुल चुडिँदा ज्यान गुमाउनेको संख्या १४३ पुगेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेको संख्या १४३ पुगेको हो । मच्छु नदीमा उद्धार कार्यलाई तीव्र बनाउन सेनाको सहयोग लिइएको छ ।

अहिलेसम्म १७७ जना मानिसको उद्धार भइसकेको समाचारमा उल्लेख छ । मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । आइतबार छठ पर्वको लागि ठूलो संख्यामा मानिसहरु भेला भएको बेला पुल चुडिँएको हो ।

अधिकारीहरुका अनुसार यो पुलको वरपर करिब पाँच सय मानिसहरु छठ पर्व मनाइरहेका थिए । केही दिनअघि मात्र मोरबीको पुल मर्मतपछि स्थानीयका लागि खुला गरिएको थियो ।

यो दुर्घटनामा परी मृत्यु हुनेमा धेरैजसो मोरबीको आसपासका मानिसहरु छन । यो घटनासँगै तीनदिने गुजरात भ्रमणमा रहेका मोदीले आफ्ना कार्यक्रमहरु पनि रद्द गरेका छन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...