

धनगढी । कञ्चनपुरमा भ्रष्टाचार मुद्दामा ७६ लाख जरिवाना र ४ वर्ष कैद भएका गोपाल रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष अदालत बबरमहल, काठमाडौँले २०८१ साल वैशाख २४ गते गरेको फैसलाले ४ वर्ष कैद सजाय र ७६ लाख ८२ हजार ४ सय ६६ रुपैयाँ जरिवाना तोकिएका भीमदत्त नगरपालिका–१३, बडैपुरका ४४ वर्षीय रसाइलीलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त टोलीले रसाइलीलाई उनर्क घर ठेगानाबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका रसाइलीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालतमा पेश गरिएको र कैद सजाय भुक्तानीका लागि जिल्ला कारागार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ।

