कैलालीमा मरेको बोइलरको मासु खादा सहोदर दाजुभाइको मृत्यु, आमा र कान्छो भाइ पनि बिरामी

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । कैलालीमा मरेको बोइलर कुखुुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ ।

बिहीबार मरेको बोइलर कुखुराको मासु खाएका चुरे गाउँपालिका–३ को भक्तपुर बस्ने ५ वर्षीय दिपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

tourism

उनीहरु दुवै जना सहोदर दाजुुभाइ हुन् । जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक(इन्स्पेक्टर) कैलाश बिष्टले दुवै जनाको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।

उनकाअनुसार बोइलर कुखुराको मासु खाएका मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

घटना बिहीबारको भएपनि प्रहरीलाई शुक्रबार मात्र खबर गरिएको थियो । त्यसपछि प्रहरीको समन्वयमा उनीहरु चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो । उनीहरुले मरेको कुुखुराको मासुु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेको पाइएको प्रहरीले जनाएको छ ।

फार्म सञ्चालक मंगल साउदले आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएर कागज गरेका छन् । उनलाई बोलाएका बखत हाजिर हुनेगरि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...