

काठमाडौँ महानगरपालिका–कपनको मुस्कानचोक क्षेत्रबाट कक्षा ८ मा अध्ययनरत एक बालक बेपत्ता भएका छन्।
परिवारका अनुसार युवराज कार्की नामका ती बालक गत चैत ३० गते दिउँसो करिब साढे तीन बजेदेखि सम्पर्कविहीन भएका हुन्। करिब ५ फिट उचाइ, कालो कपाल र कालो टी–शर्ट लगाएका उनलाई अन्तिमपटक महांकाल ओरालो क्षेत्रमा देखिएको प्रहरीले जनाएको छ। बालक बेपत्ता भएपछि उनका बुवा सन्तोष कार्कीले प्रहरी प्रभाग कपनमा खोजतलासका लागि निवेदन दिएका छन्। प्रहरीले मातहतका सबै इकाइहरूमा जानकारी पठाउँदै खोजी कार्य तीव्र बनाएको जनाएको छ।

स्थानीयवासी तथा परिवारले बालकको अवस्थाबारे कुनै जानकारी भए तुरुन्त नजिकैको प्रहरी कार्यालय वा ९८४९११५५२२/९८५१२४५५२२/९८४९०६९५५५मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

