धनगढीमा साढे ११ ग्राम खैरो हेरोइनसहित युवा–युवती पक्राउ

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । धनगढीमा साढे ११ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । धनगढीको राजपुरबाट गोदावरी नगरपालिका–५ बस्ने ३० वर्षीय घुम्मन राना र धनगढी–१३ बस्ने २६ वर्षीया आशा चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट राजपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाश पनेरू र सहाय हवलदार दिपक पार्कीको टोलीले दुवै जनालाई बुधबार साँझ पक्राउ गरेको थियो ।

tourism

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले धनगढी उपमहानगरपालिका–१३ को श्रीलंका टोल बस्ने आशा चौधरीको घरमा शंकाका आधारमा चेकजाँच गर्दा दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिइएको बताए ।

उनकाअनुसार उनीहरुको साथबाट ११ दशमलव ३९० मिलीग्राम खैरो हेरोइन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...