

कैलाली । गोदावरी नगरपालिका–३ स्थित नवज्योति आधारभूत विद्यालय परिसरमा विद्युतको नाङ्गो तारबाट करेन्ट लाग्दा ७ वर्षीया पुनम अधिकारीको मृत्यु भएको छ।
मृतकको शव पोस्टमार्टमका लागि मालाखेती अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिए ।

