


१५ कात्तिक, धनगढी । अभिनेत्री श्वेता खड्का आमा बनेकी छन ।
मंगलबार दिउँसो उनले जमलस्थित ग्रान्डी सिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । स्रोतका अनुसार आमाछोरी दुवै स्वस्थ्य रहेका छन ।
उनले सोमबार बेबी शावरको केही तस्बिर इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन ।
श्वेताले दुई वर्षअघि धनगढीका विजेन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन ।
अभिनेत्री स्वेताले ‘कहाँ भेटिएला’बाट फिल्म क्षेत्रमा प्रवेश गरेपछि उनले फिल्म ‘कोहिनूर’ र ‘कान्छी’ मा पनि अभिनय गरेकी छन । त्यसपछि उनी फिल्म क्षेत्रबाट भने टाढिएकी छन । उनी हाल व्यवसायमा व्यस्त छिन ।

