दार्चुलामा गाई काटेकाे आराेपमा दुई जना पक्राउ

cp new add
Nisharg hospital
suchana

धनगढी । दार्चुलामा गाई काटेकाे आराेपमा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।महाकाली नगरपालिका वडा–१ काे  लास्कुखोलाबाट तेज लुहार र लोकेन्द्र भुललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिक्रम शाहीले बताए ।

पशुपन्छी हत्या सम्बन्धि अभियाेगमा पक्राउ गरेर अनुसन्धान भइरहेको उनले बताए । उनकाअनुसार महाकाली नगरपालिका-४ कि एक महिलाकाे गाई हराएको थियाे ।

दुवै जनाले लास्कुखोलामा मासु काटिरहेकाे अवस्थामा फेला पारेपछि साेही गाई काटेकाे हुनसक्ने भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएकाे हाे।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
Loading...