धनगढीमा दुई लाखकाे अवैध सामानसहित रामलखन र शिवचरण पक्राउ

cp new add
Nisharg hospital
suchana

धनगढी । कैलाली प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको करिब २ लाख रुपैयाँभन्दा बढी मूल्यका सामानसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक जंगबहादुर आले र इलाका प्रहरी चौकी कनरीका प्रहरी नायब निरीक्षक कृष्णदत्त भट्ट नेतृत्वमा खटिएको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–१४ हरैयाबाट सामान बरामद गरेको हो।

प्रहरीका अनुसार ३१ वर्षीय रामलखन चौधरीले भारतबाट भन्सार छली गरी ल्याएको अनुमानित २ लाख ९ हजार रुपैयाँ बराबरका सामान फेला पारिएको छ।

जिल्ला  प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले सुपप्र ०१००८ प २८४० नम्बरको मोटरसाइकल, एक्साइड कम्पनीको १२ भोल्ट ब्याट्री, एक थान साइकल र ८० केजी बोइलर कुखुरा बरामद गरिएको बताए ।

घटनापछि रामलखन चौधरी र शिवचरण चाैधरीलाई नियन्त्रणमा लिइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...