३२ असार, धनगढी । कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाका् गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित भित्री सडक खण्डमा वन कार्यालय नजिकै बैतडीको सिगास गाउँपालिका– ४ का ३९ वर्षीय पदमसिंह धामी मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले वेवारिसे अवस्थामा भेटिएका धामीको उनीसँगै भेटिएका कागजपत्रका आधारमा सनाखत भएको बताए ।
घटनास्थल कार्य सकेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।