देशले ३६ वर्षको प्रधानमन्त्री र ५० वर्षको अर्थमन्त्री पाउनु ठूलो परिवर्तन हो : वाग्ले

cp new add
Nisharg hospital
suchana

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको उल्लेख गर्दै निजी क्षेत्रलाई पनि आफ्नो सोच र कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै उनले ३६ वर्षका प्रधानमन्त्रीले देशको नेतृत्व गर्नु र आफू ५० वर्षमै मन्त्रिपरिषद्को सबैभन्दा ज्येष्ठ सदस्य हुनु ठूलो परिवर्तनको संकेत भएको बताए।

उनका अनुसार विगतमा उच्च उमेर नपुगी नेतृत्वमा पुग्न नसकिने धारणा अब बदलिएको छ। उनले यसलाई नयाँ राजनीतिक युगको सुरुवातका रूपमा व्याख्या गर्दै राज्य सञ्चालनमा नयाँ पुस्ताको प्रभाव बढ्दै गएको स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले प्रशासनिक तथा राजनीतिक संयन्त्रमा मौलाएको बिचौलिया प्रवृत्ति र भ्रष्टाचारविरुद्ध सरकार अझ कडा रूपमा प्रस्तुत हुने पनि बताएका छन्। पहुँच र भनसुनका आधारमा काम हुने परम्पराको अन्त्य हुँदै गएको उल्लेख गर्दै उनले पारदर्शिता र सुशासनमा सरकारको प्रतिबद्धता दोहोर्‍याए।

उनले निजी क्षेत्रबिना देशको आर्थिक विकास सम्भव नरहेको भन्दै उद्यमी व्यवसायीहरूलाई सकारात्मक परिवर्तनतर्फ उन्मुख हुन आग्रह गरे। साथै, हालको नियामक संरचना र प्रक्रियागत जटिलताले इमान्दार व्यवसाय सञ्चालनमा चुनौती सिर्जना गरेको उल्लेख गर्दै त्यसमा सुधार आवश्यक रहेको धारणा पनि व्यक्त गरे।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...