संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्दै

cp new add
Nisharg hospital

 

suchana

काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठकको मुख्य एजेन्डा प्रधानन्यायाधीश नियुक्ति सिफारिस रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठकले ३३ औं प्रधानन्यायाधीश सिफारिस गर्नेछ ।

प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले गत चैत १८ गते प्रधानन्यायाधीश पदबाट अवकाश भएपछि बरिष्ठतम न्यायाधीशको रुपमा सपना प्रधान मल्ल कायम मुकायम (का मु) प्रधानन्यायाधीश छिन् ।

२६ फागुनमा न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम पठाएको थियो ।

बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी सहभागी छन् ।

रिक्त प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा कामु प्रधानन्यायाधीशको साटो कानूनमन्त्री परिषदको सदस्यको हैसियतमा उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त संवैधानिक पदहरूमा नियुक्तिको बाटो खुलेको थियो ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...