कञ्चनपुरमा गाउँपालिका उपाध्यक्ष नाथ प्रहरी हिरासतबाट छुटिन्

cp new add
Nisharg hospital
suchana

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका की उपाध्यक्ष शान्ती नाथ हिरासत मुक्त भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबार उनलाई हिरासतबाट रिहा गरिएको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार अनुसन्धानका क्रममा हिरासतमा राखिरहनु आवश्यक नदेखिएपछि नाथलाई छोडिएको हो ।

गत वैशाख ३ गते हरिकिसन रानाको हत्या गरिएको भन्दै उनकी श्रीमती फिर्या रानाले उपाध्यक्ष नाथविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गराएकी थिइन् । विसं २०८२ वैशाख ९ गते बिहान बेलौरी नगरपालिका–१० शिवनगरस्थित निर्मल शारदा आर्यघाट नजिक हरिकिसन राना मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए ।

प्रहरीले घटनापछि विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गरे पनि घटनाको वास्तविकता खुल्न नसकेको जनाएको छ । घटनाको एक वर्षपछि फिर्या रानाले दिएको जाहेरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उपाध्यक्ष नाथलाई पक्राउ गरिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका प्रमुख प्रकाश भण्डारीले अनुसन्धानका क्रममा संलग्न कागजात र बयानका आधारमा नाथलाई तत्काल दोषी देखिने अवस्था नरहेको बताए ।

“घटनाको एक वर्ष लगाएर अनुसन्धान गरिएको थियो,” भण्डारीले भने, “मिसिल संलग्न कागजात र बयानबाट दोषी नदेखिएकाले उहाँलाई हिरासतमा राखिराख्नु आवश्यक देखिएन ।”

प्रहरी उपरीक्षक खत्रीले भने नाथलाई हिरासत बाहिर राखेर पनि अनुसन्धान प्रक्रिया जारी रहने बताए । हरिकिसन रानाको मृत्यु प्रकरणमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यसैबीच बुधबार प्रतिनिधिसभा सदस्य कृपाराम राना सहित रानाथारु समुदायका अगुवाहरूले घटनाको अनुसन्धानमा चरम लापरवाही भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन् । उनीहरूले प्रमुख जिल्ला अधिकारी मदन कोइरालामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...