सुकुम्बासी बस्ती नभत्काउन सर्वोच्च अदालतको आदेश

cp new add
Nisharg hospital
suchana

काठमाडौँ । सर्वोच्च अदालतले सुकुम्बासी बस्तीमा नभत्काउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो।

कानुनका विद्यार्थी माजिद अन्सारीले नेपाल राज्यभर कतै पनि सुकुम्बासी बस्तीमा डोजर चलाएर भत्काउने काम रोक्न अन्तरिम आदेशको माग गरेका थिए। सर्वोच्च अदालतका प्रवक्ता एवं अर्जुनप्रसाद कोइरालाले अब कतै भत्काउने काम भए रोक्न भनिएको बताए।

‘अन्तरिम आदेश जारी भएको छ। यसको अर्थ अब सुकुम्बासी बस्ती लगायत कहीँ कतै भत्काउने काम नगर्नू, यथास्थितिमा राख्नु भनिएको हो,’ उनले भने।

विस्थापितहरुको हकमा आवासदेखि शिक्षा, स्वास्थ्य र खाद्यान्न उपल्बध गराउन भनेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...