धनगढीको नगरसभाबाट पत्रकार विष्टलाई निकालिएको घटनामा मेयर हमालले मागे माफी

Nisharg hospital

१ साउन, धनगढी । धनगढी उपमहानगरपालिकाको नगरसभा बैठकबाट पत्रकारजनक विष्टलाई बाहिर निकालिएको घटनामा मेयर गोपाल हमालले माफी मागेका छन् । घटनालाई लिएर नेपाल पत्रकार महासंघ कैलालीको समन्वयमा आइतबार हमालकै कार्यकक्षमा भएको छलफलमा उनले उपमहानगरपालिकाकातर्फबाट गल्ती स्वीकार गर्दै माफी मागेका हुन् ।

‘पत्रकारलाई बाहिर निकाल्ने र सूचना नदिने उपमहानगरपालिकाको नीति होइन तर अघिल्लो नगरसभा बैठकमा असम्बन्धीत मान्छेहरु प्रवेश गरेकाले अरु मान्छेलाई प्रवेश गर्न नदिन निर्देशन दिइएको थियो,’ हमालले छलफलमा भने, ‘सोही क्रममा कर्मचारीले जानाजान नभएर अनजानमा बाहिर निकालेको घटनामा उपमहानगरपालिकाका तर्फबाट सम्पूर्ण पत्रकार ज्यूहरुसँग क्षमा माग्न चाहान्छु । क्षमाप्रार्थी छौँ ।’

उनले अगामी दिनमा उपमहानगरपालिकाले यस्ता गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाउदै नगरसभा बैठकमा पत्रकारलाई व्यवस्थित रुपमा प्रवेशको व्यवस्था मिलाइने बताए । गत असार २७ गते नगरसभा बैठक चलिरहेका बेला समाचार संकलनका लागि पुगेका बेला पत्रकार विष्टलाई आन्तरिक छलफल भएकाले प्रवेश नभएको भन्दै एक जना कर्मचारीले पाखुरा समातेर बाहिर निकालेका थिए ।

घटना भएको चार दिनपछि शुक्रबार विज्ञप्ति जारी गर्दै उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पत्रकारलाई बाहिर ननिकालिएको दाबी गर्दै घटनामा कुनै सत्यता नभएको जिकिर गरेका थिए । उपमहानगरपालिकाले घटना नै नभएको दाबी गरेपछि पत्रकार विष्टले छानबिनको माग गर्दै नेपाल पत्रकार महासंघ कैलाली शाखामा निवेदन दिएका थिए ।

विष्टले महासंघमा निवेदन दिएपछि उपमहानगरपालिकाले पत्रकारलाई छलफलका लागि बोलाएको थियो । छलफलमा सहभागी ती कर्मचारीले समेत घटना स्वीकार गर्दै माथिल्लो तहको निर्देशनअनुसार पत्रकारलाई आफूले बाहिर जान अनुरोध गरेको बताएका थिए ।

पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले उपमहानगरपालिकाले ढिलै भएपनि गल्ती स्वीकार गदैै माफी मागेकोमा धन्यवाद दिदै अगामी दिनमा यस्ता घटना हुन नदिनतर्फ सचेत रहन आग्रह गरे । उनले उपमहानगरपालिकाले सम्पादन गर्ने हरेक सकारात्मक गतिविधिमा पत्रकार महासंघसहित सिङ्गो पत्रकार जगतको साथ, सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...