

धनगढी । कैलालीमा दुई किशोरी मृत अवस्थामा फेला परेकी छन् । गोदावरी नगरपालिकाका छुट्टाछुट्टै स्थानमा किशोरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मृत भेटिनेमा गोदावरी नगरपालिका–५ गेटीकी सिर्जना शाही र गोदावरी–८ स्याउले बस्ने अस्मिता साउद रहेका छन् । उनीहरु घरमा कोठाभित्र मृत भेटिएका थिए ।
मृत भेटिएको घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

