कञ्चनपुरमा बहुविवाह गर्ने भावना पक्राउ, वर्ष दिनसम्म जेलमै बस्ने

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कञ्चनपुरमा अदालतबाट कैद तथा जरिवाना सजाय ठहर भई फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयनका क्रममा उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकिएकी बेलौरी नगरपालिका–२ निवासी ३२ वर्षीया भावना चौधरी रहेकी छन्।

यस्तै, चोरी मुद्दामा ३ महिना कैद सजाय तोकिएका बेलौरी नगरपालिका–३ खिरियाका २४ वर्षीय निरज राना पनि पक्राउ परेका छन्।

उनीहरुलाई आवश्यक कारबाही तथा फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...